दलाल पुँजीवादीका लागि राज्यले राष्ट्रिय पुँजीपतिहरुलाई दु:ख दिने काम गरेको एमाले अध्यक्ष ओलीको आरोप


२४ भाद्र २०८०, आईतवार १७:५२ मा प्रकाशित

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्माले दलाल पुँजीवादीका लागि राज्यले राष्ट्रिय पुँजीपतिहरुलाई दु:ख दिने काम गरेको बताउनुभएको छ ।

आइतबार एमाले मुख्यालय च्यासलमा पार्टीको सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको कार्यक्रममा ओलीले राज्य पुँजीलाई राज्यले संरक्षण गर्नुपर्नेमा अरुको स्वार्थका लागि राज्यले छानिछानी राष्ट्रिय पुँजीपतिहरुलाई दुख दिने काम गरेको बताउनुभएको हो ।

व्यवसाय गरेर राज्यलाई योगदान दिएका मीनबहादुर गुरुङ पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने कुनै कारण नभएको उहाले बताउनुभयो । ओलीले भ्रष्टाचार र अनियमितता विरुद्ध कारवाही गर्ने नाममा सरकारले पोलिटिकल स्टन्ट गरेको तर्क गर्नुभयो ।

उहाले कोरोना र विश्वपरिवेशको अवस्थामा समस्यामा परेका व्यवसायीहरुमाथि गठबन्धन सरकार आउदा चट्याङ परेको जस्तो भएको बताउनुभयो ।

राज्यको गलत नितिका कारण अर्थव्यवस्था धरासयी हुँदा व्यसायीहरु पनि अप्ठेरोमा परेको भन्दै उहाले अप्ठेरोमा परेका बैंकहरुले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाले कांग्रेस नीतिगत हिसावले सहकारीको पक्षमा नरहेको र माओवादीलाई पनि सहकारी नीति प्रति सरोकार नरहेको जिकिर गर्नुभयो ।

दुई चार क्वीन्टल सुन ल्याउन जस्तो फाइदा सहकारीमा नरहेको बिचार माओवादीको रहेको उहाको भनाइ छ । अध्यक्ष ओलीले जनताको आत्मनिर्भरता निर्माण गर्न सहकारीको सदूपयोग गर्नुपर्ने र यसलाई माध्यम बनाउनुपर्ने धारणा राख्नुभयो । सहकारीलाई स्वार्थका आधारमा सञ्चालन गर्न खोज्दा केहि सहकारीमा समस्या देखिएको उहाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here