समाजवादी मोर्चाले आज हेटौँडामा सन्देश सभा आयोजना गर्दै


२४ भाद्र २०८०, आईतवार ०७:३२ मा प्रकाशित

हेटौँडा । समाजवादी मोर्चाले आज हेटौँडामा सन्देश सभा आयोजना गर्दैछ ।

७ वटै प्रदेशमा सन्देश सभा गर्ने मोर्चाको निर्णयअनुसार आज हेटौँडामा सभा आयोजना हुन लागेको हो ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा मोर्चाले सन्देश सभा आयोजना गर्ने बताइएको छ । सन्देश सभा हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजे सुरु हुनेछ ।

सन्देश सभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन् ।

सन्देश सभाको संयोजन तथा आयोजना एकीकृत समाजवादीले गरेको र सभाको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here