कमिशन र भ्रष्टाचारको जालो अन्त्य नगरेसम्म समृद्ध मुलुक बनाउन सकिँदैनः गृहमन्त्री श्रेष्ठ


२३ भाद्र २०८०, शनिबार १७:२१ मा प्रकाशित

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिशन र भ्रष्टाचारको जालो अन्त्य नगरेसम्म समृद्ध मुलुक बनाउन नसकिने बताउनुभएको छ ।

शनिबार ज्यापु महागुठी नेपाःले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मूल मन्त्र बनाएको भन्दै कमिशन र भ्रष्टाचारको जालो तोड्दै मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउने बताउनुभएको हो ।

सरकारले भ्रष्टाचारबिरुद्ध ठूला अभियान सुरु गरेको र जनताबाट समर्थन पाएकाले कुनै हालतमा बिश्राम नलिने उहाँले बताउनुभयो । सामाजिक आर्थिक रुपान्तरणका साथै बिकास र समृद्धिको बाटोमा मुलुक अघि बढेको भन्दै श्रेष्ठले राजनीतिक परिवर्तनसंगै जनताले पनि महसुश गर्ने गरि काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यस्तै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले जातीय, भाषिक, धार्मिक एकता र सद्भावबिरुद्ध बिग्रह फैलाउने खतरा बढिरहेको र आफ्नो पहिचान, अधिकारका निम्ति सचेत हुनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here