सुर्खेतबाट विप्लव नेतृत्व नेकपाको युवा संगठनका नेता पक्राउ


२५ असार २०७६, बुधबार ११:५७ मा प्रकाशित

सुर्खेत । विप्लव नेतृत्वको नेकपाको युवा संगठनका नेता पक्राउ परेका छन् ।

युथ फोर्स सुर्खेतका इञ्चार्ज शिखर परियार पहाडी ‘हिमशिखर’ लाई पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार उनी भेरी–कर्णाली ब्युरो सदस्य समेत रहेका थिए । मंगलबार राति प्रहरीले उनलाई पक्राउ गरेको हो ।

राति १० बजे वीरेन्द्रनगर–११ स्थित पिपिराचोकबाट नियन्त्रणमा लिइएको डिएसपी क्षेत्रीले जानकारी दिए । उनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here