कोशी प्रदेशः मुख्यमन्त्री कार्कीद्वारा शपथ ग्रहण, झापाका एकराज कार्की भौतिक पूर्वाधार विकास मन्त्री


२२ भाद्र २०८०, शुक्रबार १९:२५ मा प्रकाशित

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ लिनुभएको छ ।

शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ्ले एमाले नेता कार्कीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् गठन गरेर शपथग्रहण गर्नुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले मन्त्रीमा तीलकुमार मेन्याङ्बो, एकराज कार्की, पाँचकर्ण राई र राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त गर्नुभएको हो ।

कार्कीले मुख्यमन्त्रीमा शपथ लिएसँगै ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री हुनुभएको छ । मेन्याङ्बोले यसअघि कार्की नेतृत्वमै सोही मन्त्रालय सम्हाल्नु भएको थियो ।

त्यस्तै खोटाङबाट निर्वाचन सांसद पाँचकर्ण राई पर्यटन, वन तथा वातावरणमन्त्री र झापाबाट निर्वाचित सांसद एकराज कार्की भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त हुनुभएको छ ।

साथै भोजपुरबाट समानुपातिक सांसद सिर्जना राई सामाजिक विकास राज्यमन्त्री हुनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here