काठमाडौ । निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामती ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्ने चेतावनी दिएका छन्।
शुक्रबार सिंहदरबारमा २० औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
ऐनमा ट्रेड युनियन अधिकारलाई खुम्च्याउने प्रयास भएको कुरा सुनिएको भन्दै आफूहरूको अधिकार छाँटकाँट गर्नेकुरा किमार्थ स्वीकार्य नहुने बताए।
उनले संघ, प्रदेश, स्थानीय तीन तहमै फराकिलो वृद्धि विकाससहितको कर्मचारीमैत्री संघीय निजामति ऐन ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
कार्यवाहक अध्यक्षसमेत रहेका कटुवालले ट्रेड युनियन अधिकार खुम्च्याउने गरी नल्याउन आग्रहसमेत गरे।