पूर्वी युक्रेनस्थित एक सहरको बजारमा रुसी गोलाबारी हुँदा कम्तीमा १७ जनाको मृत्यु


२१ भाद्र २०८०, बिहीबार १३:५१ मा प्रकाशित

काठमाडौ । पूर्वी युक्रेनस्थित एक सहरको बजारमा रुसी गोलाबारी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले रुसी आक्रमणमा १७ जनाको मृत्यु भएको र ३२ जना घाइते भएको बताए ।

अधिकारीहरूका अनुसार रुसी आक्रमणमा २० पसल, बिजुली लाइन, प्रशासनिक भवन आदिमा क्षति पुगेको छ ।

रुसको यो हमला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन किभको भ्रमण गरिरहेको बेला भएको थियो । अमेरिकाले युक्रेनका लागि एक अर्ब डलरभन्दा बढीको आर्थिक सहायताको घोषणा गर्न सक्ने अपेक्षा गरिएको छ ।

एसोसिएटेड प्रेस संवाददाताहरूले कोस्टियान्टिएनिभकामा आक्रमण भएको ठाउँमा शवहरू देखिएको बताएका छन् । त्यहाँ आकस्मिक कर्मचारीले बजारमा लागेको आगो निभाएका थिए । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसले निर्दोष मानिसहरूलाई निशाना बनाएर बजारमा आक्रमण गरेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here