काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक १३ गतेबाट सिराहामै बस्ने भएको छ ।
भदौ ९ गतेलाई तय गरेको बैठक अन्तिम समयमा स्थगित गरेको एमालेले फेरि सोही ठाउँमा बैठक गर्ने निर्णय गरेको हो ।
एमालेले धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बैठक गर्ने छ । जहाँ तत्कालीन मालेले २०४६ सालमा सिराहाको एक काठघरमा चौथो महाधिवेशन गरेको थियो ।
सोही महाधिवेशनले मदन भण्डारीलाई महासचिव निर्वाचित गरेको थियो ।