कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधानसम्मत् नभएको सर्वोच्चको ठहर


७ भाद्र २०८०, बिहीबार १९:२० मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत् नभएको ठहर गरेको छ ।

अदालतले मुख्यमन्त्री थापा नेतृत्वको सरकारले दीर्घकालीन महत्त्वका निर्णय नगर्न पनि आदेश दिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले यस्तो आदेश दिएको हो ।

प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पदको दुरुपयोग गरी व्यक्त गरेको मतका आधारमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here