महिला टी–२० शृङ्खलाः नेपालले हङकङलाई ६ विकेटले हरायो


५ भाद्र २०८०, मंगलवार १६:०३ मा प्रकाशित

झापा । चार देशसम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले हङकङलाई ६ विकेटले हराएकाे छ । 

मंगलबार मलेसियाको वायुमास ओभलमा भएकाे खेलमा हङकङले दिएकाे ८५ रनकाे सामान्य लक्ष्य नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि सम्झना खड्काले नटआउट ३६ र पूजा महताेले १६ रन बनाइन् । बलिङतर्फ हङकङकी इक्रा सहर, मारिकाे हिल, मारयम बिबी र केरी चानले १/१ विकेट लिइन् । 

यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे हङकङ १९ ओभर १ बलमा ८५ रन बनाउँदा अलआउट भयाे । हङकङका लागि केरी चानले ३४ र डाेराेथिया चानले १६ रन बनाइन् । बलिङतर्फ नेपालकी सीता राना मगरले ५ विकेट लिइन् । उनले ४ ओभरमा १६ रन दिँदै ५ विकेट लिइन् । यस्तै इन्दु बर्माले २ विकेट लिइन् ।

शनिवारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि कुवेतसँग र बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here