ललिता निवास प्रकरणः २ सय ५० जनालाई मुद्दा चलाउन सिफारिस गर्दै सिआईबीले बुझायो प्रतिवेदन


५ भाद्र २०८०, मंगलवार १४:२६ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको फाइल सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको छ ।

मंगलबार सीआईबी टोलीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पुगेर प्रतिवेदन बुझाएको हो । ललिता निवास जग्गामा किर्ते र संगठीत मुद्दामा सीआईबीले छानविन र अनुसन्धान गरेको प्रतिवेदन बुझाएको जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका न्यायाधिवक्ता महेशप्रसाद खत्रीले जानकारी दिनुभयो । उहाले प्रतिवेदनको अध्ययन गरि जिल्ला अदालत काठमाडौंमा अभियोजन दर्ता गर्न अभियोगपत्र तयार गर्ने काम सुरु भइसकेको बताउनुभयो । उहाले हदम्याद भित्रै दुई-चार दिनमैै अभियोगपत्र तयार हुने उल्लेख गर्नुभयो ।

सीआईबीले ललिता निवास जग्गा प्रकरणमा दुई सय भन्दा बढीलाई प्रतिवादी बनाएर मुद्दा चलाउन सरकारी वकिल कार्यालयसमक्ष राय पेश गरेको छ । उक्त प्रकरणमा सीआईबीले पूर्वप्रधानमन्त्री माधब कुमार नेपाल, डा बाबुराम भट्टराईसंग पनि बयान लिएको थियो । विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत कीर्ते गरी हिनामिना भएको सार्वजनिक भएको थियो । सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here