काठमाडौं । इन्ट्रानेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा शनिबार ललितपुरको गोदावरीमा भएको अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि सिक्किमका प्रितम राईले जितेका छन् । उनले नगद एक करोडसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।
यसैगरी प्रतियोगितामा साइराज खाती फोर्थ रनअप, परेश राई थर्ड रनरअप, सरद हुमागाइँ सेकेण्ड रनरअप र शिशिर ठटाल फस्ट रनरअप भए । उनीहरुले पनि नगद पुरस्कार पाएका छन् । शिशिर पनि सिक्किमकै हुन् ।
शनिवार सम्पन्न ग्रान्ड फिनालेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए।
यो नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शो हो । फाउन्डेशनले विश्वभर छरिएर रहेका नेपाली भाषीलाई समेटेर रियालिटी शो आयोजना गरेको हो ।
कार्यक्रममा सभामुख देवराज घिमिरेलगायत नेपाल सरकारका मन्त्री एवं उच्च पदस्थ अधिकारीहरुको सहभागिता थियो ।