अमेरिकामा अचानक बाढी, ह्वाइट हाउससमेत डुबानमा !


२४ असार २०७६, मंगलवार १२:२३ मा प्रकाशित

अमेरिका । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा अचानक आएको बाढीका कारण जनजीवन प्रभावित भएको छ ।

भारी वर्षाका कारण सडक जलमग्न भएका छन् भने अधिकांश घर डुबानमा परेका छन् । बाढीका कारण भूमिगत रेल सेवा ठप्प भएको छ भने हवाई र सडकमार्ग पनि बन्द भएको छ । सडक अवरुद्ध भएर चालकहरू फसेका थिए उनिहरू उद्दार क्यापिटल बेल्टवे मार्फत गरिएको थियो ।

भारी वर्षाका कारण वासिङटनस्थित अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस समेत डुबानमा परेको बताइएको छ । कार्यालयको रहेको बेसमेन्टमा पानी पसेको बताइएको छ । नेशनल आर्काइभ भवनमा बिजुली आपूर्ति अवरुद्ध भएको छ । म्युजियम रहेको क्षेत्रमा पनि पानी पसेको छ ।

बाढीका कारण प्रभावित बनेकाहरुको उद्धार र राहतको कार्य भइरहेको छ । अधिकारीहरुले बिना कारण मानिसहरुलाई बाहिर नआउन आग्रह गरेको छ । अमेरिकाको मौसम विभागले अझै खतरा रहेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here