काठमाडौं । गत असार २९ गते सिनामंगलमा फेलापरेकाे सुनकाे परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको छ ।
बरामद ब्रेक सुभित्रको सुन निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ ।
चिनियाँ तस्करले हङकङबाट ब्रेक सुमा राखेर ल्याएकाे सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेकाे थियाे । राष्ट्र बैंकको टक्सार विभागले सोमबार ब्रेक सुको सुन जोखेको थियो ।
सुनको परिमाणको औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन ।