संसद बैठकमा एमालेको अवरोध कायमै, अर्को बैठक भदौ ३ गतेका लागि बोलाइयो


२९ श्रावण २०८०, सोमबार १६:०८ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सोमबार सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

अर्को बैठक भदौ ३ गते दिउँसो १ बजेसम्मको लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयो ।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here