मदन भण्डारी राजमार्ग दुई दिनदेखि अवरुद्ध


२९ श्रावण २०८०, सोमबार ११:०९ मा प्रकाशित

बिराटनगर । मदन भण्डारी राजमार्ग दुई दिनदेखि अवरुद्ध बनेको छ ।

उदयपुरको उदयपुरगढी गाउँपालिका–६ मौवासी र राईटोलमा खसेको पहिरो पन्छाउन ढिलाइ हुँदा सडक अवरुद्ध बनेको हो ।

बिहीबारदेखि परेको अविरल वर्षा र शनिबार रातिदेखि पहिरो खसेर मदन भण्डारी राजमार्ग अवरुद्ध भएको उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जीत बहादुर खड्काले जानकारी दिए ।

उनले राजमार्ग खुलाउन गाउँपालिकाले दुईवटा ब्याक लोडर परिचालन गरे पनि पहिरो खुलाउन नसकिएको बताए ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुनसरी र सप्तरी खण्ड जोड्ने कोशी ब्यारेजमा समेत गए रातीदेखि सवारी आवागमन रोकिएको छ । 

महेन्द्र राजमार्गको विकल्पमा रहेको मदन भण्डारी राजमार्ग समेत दुई दिनदेखि अवरुद्ध हुँदा अत्यावश्यकीय सेवा दिने यातायात साधन र सर्वसाधारण यात्रुहरु मारमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here