काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फर्कँदै हुनुहुन्छ ।
भदौ १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन गएका अध्यक्ष नेपाल भ्रमण छोट्याएर आज स्वदेश फर्कन लाग्नु भएको हो ।
एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधारका अनुसार अध्यक्ष नेपाल आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आइपुग्नु हुनेछ ।
एक साताअघि युरोपमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनका लागि जानुभएका अध्यक्ष नेपाल ललिता निवास प्रकरणमा छानबिनको दायरामा परेपछि अचानक स्वदेश फर्कने निर्णयमा पुग्नु भएको हो ।






