संसदको गतिरोध खुलाउन पुनः छलफलमा जुटे तीन दलका शीर्ष नेता


२३ श्रावण २०८०, मंगलवार १२:४२ मा प्रकाशित

काठमाडौं । सदनको गतिरोध हटाउन तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताहरू आज पनि छलफलमा जुटेका हुन् ।

बालुवाटारमा सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा यी दलका प्रमुख सचेतकहरूबीच छलफल जारी रहेको हो ।

बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सचेतक महेश बतौला, नेपाली कांग्रेसका प्रमुख सचेतक लेखक सहभागी छन् ।

सत्तापक्षले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तीरय समिति गठनका विषयमा स्पष्ट धारणा नदिएकाले हिजो बसेको बैठकमा सहमति हुनसकेको थिएन ।

यही साउन १० गतेको प्रतिनिधिसभाको बैठकमा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्रिएर पक्राउ परेको सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै आएपछि सदनमा गतिरोध उत्पन्न भएको छ ।

सदनको गतिरोध अन्त्य गर्न भन्दै हिजो बसेको सत्ता पक्ष र प्रतिपक्ष दलका शीर्ष नेताको बैठकमा सहमति नजुटेपछि संसद बैठक आज ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here