बागमती नदीमा भीषण बाढी, काठमाडौं जलमग्न


२३ श्रावण २०८०, मंगलवार ११:२१ मा प्रकाशित

काठमाडौँ । गएरातिदेखि परेको अविरल वर्षापछि बागमती नदीमा भीषण बाढी आएको छ । बाढीका कारण करिडोर सडक प्रभावित हुनुका साथै बस्ती वरीपरिका वस्तीहरु नराम्ररी प्रभावित भएका छन् । 

राजधानीको गौरीगाट, युएन पार्क, थापाथलीलगायतका स्थानमा कतिपय घरहरुमा समेत बाढी पसेका छन् । यस्तै सुकुम्बासी बस्तीहरुमा पनि बाढीले बेहाल भएको छ । बाढीका कारण करिडोर सडकहरुमा सवारीआवागमन अवरुद्ध बनेको छ भने नदी किनारमा बनाइएका पार्कहरु पनि बगाएको छ । 

बाढी पूर्वानुमान महाशाखाका अनुसार खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतराको तह पार गरेको छ । बाढी भीषण रहेकाले बागमतीको नदी तटीय क्षेत्रमा रहनेले आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here