माओवादी केन्द्रले थप्यो २२ महिला केन्द्रीय सदस्य, को-को भए पार्टीको केन्द्रीय सदस्य ?


२० श्रावण २०८०, शनिबार ०७:२३ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले २२ जना महिला केन्द्रीय सदस्य मनोनीत गरेको छ । 

बुधबारदेखि जारी केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा २२ जना महिला केन्द्रीय सदस्य मनोनीत गरेको हो । 

मनोनीत भएका केन्द्रीय सदस्यहरूमा दिलमाया बुढामगर, नीरमाया श्रीष, आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गीताकुमारी कँडेल चौंलागाईं, गीता शाही, छमकुमारी खनाल, निशा न्यौपाने, पार्वती थापा छन् । 

त्यसैगरी भगवती तिवारी, मोतीकला चलाउने, लालकुमारी पुन, लीला शर्मा, सपना परियार, सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक र सरु चौधरी पनि मनोनीत भएका छन् । योसँगै माओवादीको केन्द्रीय समितिमा केन्द्रीय सदस्यको संख्या चार सय सात पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here