राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास


१९ श्रावण २०८०, शुक्रबार १५:१८ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मल्लले सन्यासको घोषणा गरेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने समेत बताए ।

पारस खड्काले नेपाली राष्ट्रिय टिमको नेतृत्व त्यागेपछि ज्ञानेन्द्र कप्तान बनेका थिए । २०७६ सालमा उनी राष्ट्रिय टिमको कप्तान बनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here