श्रमजीवी पत्रकार पक्षमा पत्रकार महासंघ सुरु गर्यो चरणबद्ध आन्दोलन


१९ श्रावण २०८०, शुक्रबार १५:१३ मा प्रकाशित

काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारका पक्षमा आन्दोलन सुरु गरेको छ ।

महसंघले शुक्रबार श्रमजीवी पत्रकार समस्या सुनाउनका लागि प्रेस रजिष्टारको जिम्मेवारी पाएको कार्यालयको ध्यानाकर्षण गर्दै प्रदर्शन गरेको हो ।

पछिल्लो समय श्रमजीवी पत्रकारलाई विभिन्न सञ्चारगृहले न्यूनतम पारिश्रमिक नदिएको तथा सेवाबाट नै हटाउन थालेको उजुरी परेपछि महासंघ बाध्य भएर आन्दोलनमा उत्रिन बाध्य भएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिनुभयो ।

पत्रकारिता क्षेत्रको गुणस्तर र व्यवसायीक बिकासको कुरा गर्दा श्रमको सम्मान हुने क्षेत्रका रुपमा अघि बढाउन प्रेस रजिष्टारको कार्यालय पनि गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले पत्रकारहरु तलव पाउनका लागि अदालत जानुपर्ने अवस्था आउन नदिनका लागि सरोकारवालाहरुको दवावमुलक ध्यानाकर्षण गराइने उल्लेख गर्नुभयो ।

प्रदर्शनपछि महासंघले सूचना तथा प्रसारण विभागमा ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । श्रमजीवी पत्रकारका समस्या समाधान गर्न साउन २६ देखि श्रम कार्यालयमा धर्ना दिने तथा भदौ १ गते पुराना सम्झौता कार्यान्वयन नभएका तथा श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार प्रतिष्ठान घेराउ गरिने महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here