दोलखामा पहिरो जाँदा एक जनाको मृत्यु, तीन जना बेपत्ता


१९ श्रावण २०८०, शुक्रबार ११:०० मा प्रकाशित

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ सल्लेमा पहिरोले घर बगाउँदा वेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ ।

दोलखाको गौरीशंकर गाउँपालिका– ७ र ८ को सिमानामा गएको पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये वडा नं ७ का तीन बर्षिय प्रिन्स थामीको शव फेला परेको वडा न ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएका सोही स्थानका कृष्ण मगर, उनीकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ भने बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ । घाइते तीन जनाको उद्धार गरिएको छ ।

बिहीबार राति वर्षाको कारण वडा नं ७ बाट आएको पहिरो वडा नंं ७ को बस्तीमा पसेर सो क्षति गराएको दोलखाका सूचना अधिकारी औलाख बहादुर आलले जानकारी दिनुभयो ।

पहिरोले सात घर पूर्ण रूपमा क्षति भएका छन् भने वडा नं ७ र ८ का २० घर बढी पहिरोको उच्च जोखिममा छन् ।

पहिरोले घट्टेखोलाको झोलुङ्गे पुलमा समेत बाढीले क्षति पुर्याएको छ । सुरक्षाकर्मी अहिलेसम्म सो स्थानमा पुग्न नसकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here