काठमाडौँ महानगरपालिकाले सामाखुसी खोलामाथिको ढलान भत्काउने कामलाई तीव्रता दियो


१९ श्रावण २०८०, शुक्रबार १३:०८ मा प्रकाशित

काठमाडौँ महानगरपालिकाले सामाखुसी खोलामाथिको ढलान भत्काउने कामलाई तीव्रता दिएको छ ।

सामाखुसी खोला नै छोपिने गरि ढलान राख्दा दुर्घटनाको जोखिम बढेको र दुर्घटना भइहाले उद्धारमा समस्या हुने भन्दै महानगरले ढलान भत्काउने कामलाई तीव्रता दिएको हो ।

खोलामाथि ढलान बनाउन नपाउने भएपनि स्थानीयले मापदण्ड विपरीत खोलामाथि ढलान बनाएको महानगरको भनाइ छ ।

महानगरले सामाखुसी, रानीबारी लगाएतका क्षेत्रको सवै ढलान हटाउने जनाएको छ ।

केहि दिन अघि सामाखुसीमा एक बालक खसेर बेपत्ता भएपछि खोलामाथि रहेको ढलान–स्ल्यावका कारण उद्दारमा समस्या भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here