माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै


१७ श्रावण २०८०, बुधबार ०७:३० मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बुधबारदेखि सुरु हुँदैछ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने बैठकको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नु हुनेछ ।

बैठकमा प्रधानमन्त्री दाहालले राजनीतिक र सांगगठिनक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । पाँच दिनसम्म चल्ने बैठकमा सरकारका कामको समीक्षालगायतका विषयमा छलफल हुने जनाइएको छ । माओवादीले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारी समेत गरेको छ ।

बैठकका एजेण्डालाई अन्तिम रुप दिन बुधबार बिहान स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here