भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि तत्काल बढ्ने


१६ श्रावण २०८०, मंगलवार १५:१८ मा प्रकाशित

काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमलाई इण्डियन आयल कर्पाेरेसन (आईओसी) ले नयाँ मूल्य सूची पठाएको हो ।

आईओसीले पठाएको मूल्य सूचीअनुसार डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेर आएको हो । निगमका अनुसार पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७ रुपैयाँ, मट्टितेलमा ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको छ।

यद्यपि खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेर आएको छ । निगमले स्वचालित मूल्य प्रणाली लागू गरेकोले तत्काल मूल्य घटबढ हुने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here