प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित, साउन २२ गते बस्ने


१६ श्रावण २०८०, मंगलवार १५:१४ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबार बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष दल र प्रतिपक्षी दलबीच कुरा नमिलेपछि संसद् सञ्चालनको प्रक्रिया प्रभावित भएको हो । 

सहज ढंगले बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँगको छलफलमा सहमति नजुटेपछि सत्ता पक्ष प्रमुख सचेतकको आग्रहमा प्रतिनिधि सभाको अर्को बैठक आगामी साउन २२ गते सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

विशेष कारण प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन गरिएको संघीय संसदमा महासचिव डा भरतराज गौतमले जनाएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here