कनकाई ४ मा मामा-भाञ्जा सवार मोटरसाइकललाई पिकअप भ्यानले दियो ठक्कर, मामाको मृत्यु


१६ श्रावण २०८०, मंगलवार ०९:०७ मा प्रकाशित

झापा । झापाको कनकाई नगरपालिका ४ कोटीहोममा आज बिहानको राति पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

कनकाई नगरपालिका ४ कोटीहोम निवासी ३५ बर्षिय शम्भु लिम्बुको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मे ३ प ७०७९ नम्बरको मोटरसाइकलमा सवार मामा-भाञ्जालाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको पिकअप भ्यानले ठक्कर दिएको थियो ।

ठक्कर दिने पिकअप भ्यानको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मोटरसाइकलमा सवार अर्का सागर लिम्बुको भने अवस्था सामान्य रहेको छ । मोटरसाइकलमा सवार पछाडि बस्ने मामाको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here