झापा । झापाको कनकाई नगरपालिका ४ कोटीहोममा आज बिहानको राति पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
कनकाई नगरपालिका ४ कोटीहोम निवासी ३५ बर्षिय शम्भु लिम्बुको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
मे ३ प ७०७९ नम्बरको मोटरसाइकलमा सवार मामा-भाञ्जालाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको पिकअप भ्यानले ठक्कर दिएको थियो ।
ठक्कर दिने पिकअप भ्यानको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि मोटरसाइकलमा सवार अर्का सागर लिम्बुको भने अवस्था सामान्य रहेको छ । मोटरसाइकलमा सवार पछाडि बस्ने मामाको मृत्यु भएको हो ।






