एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, के-के छन् एजेन्डा ?


१५ श्रावण २०८०, सोमबार ०७:१६ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय,आलोकनगर मीनभवनमा बैठक बस्नेछ। 

सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार यसअघि स्थगित गरिएका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रिय समिति बैठकको नयाँ मिति तय गर्नेछ।

यसअघि तय भएको साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएको भएपनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो। प्रावधिक कारण देखाउँदै स्थगित भएको सो बैठकको नयाँ मिति आजको सचिवालय बैठकले तय गर्ने सम्भावना रहेको खतिवडाले बताउनुभयो ।

यसैगरी,सचिवालय बैठकले पार्टीको महाधिवेसनको मिति तया गर्नेदेखी रिक्त रहेका पदहरुमा पदपुर्ति गर्ने अजेन्डा पनि सचिवालय बैठकको रहेको जनाइएको छ। साथै, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा वैचारिक नीति, कार्यक्रम र कार्यदिशाका बारेमा पनि नयाँ ढंगले प्रस्ताव तयार पार्ने योजना सचिवालयको रहेको बुझिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here