क्वाटरमै महिलासंग अश्लील हर्कत गरेको भिडियो बाहिरिएपछि दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला विवादमा तानिए


१४ श्रावण २०८०, आईतवार १२:३३ मा प्रकाशित

झापा । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्मरुप्रसाद निरौलाको एक युवतीसंगको अश्लील हर्कतको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि उहाँ विवादमा तानिनु भएको छ ।

निरौला विवादमा तानिएपछि नगरपालिकाले छानविन समिति बनाउने भएको छ ।

नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले छानविन गरेर दोषी देखिए कारबाहीका लागि सिफारिस गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यस्तो किसिमको हर्कत भएकै हो भने दोषीलाई कारबाही हुनुपर्छ । हामी छानविन समिति बनाउँछौं ।’

उहाँकै क्वाटरमा अश्लील हर्कत गर्दै गरेको भिडियो टिकटकमा लाइभ गरेपछि उक्त भिडियो स्क्रिन रेकर्ड गरेर बाहिरिएको थियो । मानिसहरूको म्यासेन्जर तथा ह्वाट्सएपमा त्यो भिडियो बाहिरिएपछि प्रमुख प्रशासकीय अधिकृत निरौला विवादमा तानिनुभएको हो ।

झापामै सहायक प्रमुख जिल्ला अधिकारी र ताप्लेजुङमा प्रमुख जिल्ला अधिकारीको समेत जिम्मेवारी सम्हालिसक्नु भएका निरौला एक महिलासँग मदिराको मातमा लठठ् भएको भिडियो ती महिलाको व्यवसायिक फर्मको नाममा बनाइएको टिकटक अकाउन्टबाट लाइभ गरेकी थिइन् ।

भिडियोमा कोठाको पछाडिको दृश्य हरियो रंगको देखिएको छ । कोठामा देखिएका सबै सामाग्री र रखाइ निरौलाकै क्वाटर भएको बताइन्छ । तर आइतबार बिहानदेखि निरौलाले आफ्नो क्वाटरमा पहेंलो रंग दल्न लगाउनुभएको छ ।

लाइभमा बसेकी ती महिला पनि मदिरामा लठठ् भएको जस्तो देखिन्छ । त्यस्तै तालमा उनको पछाडी निरौला भित्री पोशाकमा बसेर चुम्बन गरेको दृश्यसमेत भिडियोमा देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here