विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाविधेशनबाट राजनीतिक दस्तावेश सार्वजनिक


११ श्रावण २०८०, बिहीबार १८:३९ मा प्रकाशित

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटाले पार्टी व्यक्ति भन्दा पनि सामूहिक नेतृत्वमा केन्द्रीत रहेको बताउनुभएको हो ।

विवेकशील साझा पार्टीको छैटौ स्थापना दिवसका अवसरमा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा बास्कोटाले पार्टी व्यक्तिको वरिपरि घुम्दा बिगतमा पनि समस्या देखिएको भन्दै सामूहिक नेतृत्वमा केन्द्रीत रहेको बताउनुभएको हो । व्यक्तिगत रुपमा पार्टी चलाउदा कुनै न कुनै बेला पार्टीलाई घात हुन सक्ने सिकाई पार्टीले भोग्नुपरेको उहाले बताउनुभयो ।

बास्कोटाले सामूहिक नेतृत्वमा जाँदा देशभरी नै पार्टीप्रतिको बुझाई नै फरक पर्न जाने जिकिर गर्नुभयो । उहाले पार्टीभित्र एकले बोलेको कुराले अर्कोलाई कति असर पर्छ भन्ने नेताहरुले बुझ्न जरुरी रहेको धारणा राख्नुभयो । बास्कोटाले पार्टीलार्ई बलियो बनाउन नेतृत्वलाई पनि हौसला प्रदान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विवेकशील साझा पार्टीले प्रथम राष्ट्रिय महाविधेशनबाट पारित परिर्वनको संकल्प, सामाजिक न्याय र समृद्धिको अठोट बिषयक राजनीतिक दस्तावेश सार्वजनिक गरेको थियो । बिभिन्न व्यक्तिहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here