फिफा विश्वकप छनाेटकाे पहिलाे चरणमा नेपालले लाओससँग खेल्ने


११ श्रावण २०८०, बिहीबार १७:५५ मा प्रकाशित

काठमाण्डाै । सन् २०२६ मा अमेरिका, मेक्सिकाे र क्यानडामा हुने फिफा विश्वकप छनाेटकाे पहिलाे चरणमा नेपालले लाओससँग खेल्ने भएकाे छ । 

आज बिहीवार मलेसियाकाे क्वालालम्पुरमा भएकाे पहिलाे चरणकाे छनाेटकाे ‘ड्र’ मा नेपालले लाओसलाई प्रतिद्वन्द्वीकाे रूपमा पाएकाे हाे । फिफा वरीयतामा नेपाल १७५ औँ र लाओस १८७ औँ स्थानमा छ ।

‘होम एन्ड अबे’ फर्म्याटमा हुने खेलकाे पहिलाे लेग अक्टाेबर १२ मा नेपालमा र दाेस्राे लेग लाओसमा अक्टाेबर १७ मा हुनेछ । पहिलो चरणमा जित निकाल्ने टिमले दोस्रो चरणमा स्थान बनाउनेछ ।

पहिलो चरणमा नेपालसँगै २० टिमले प्रतिस्पर्धा गर्दैछन् । एसिया वरीयताको पुछारका २० टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले यसअघि नै छनोटका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here