एमाले अध्यक्ष ओली आज साँझ स्वदेश फर्कदै


८ श्रावण २०८०, सोमबार १५:१७ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ स्वदेश फर्किँदै हुनुहुन्छ । अध्यक्ष ओली त्यहाँको चुनाव अवलोकन गर्न कम्बोडिया जानु भएको थियो ।

आइतबार चुनाव सम्पन्न भएपछि आज स्वदेश फर्किन लाग्नु भएका ओलीले भोलि बिहान चिनियाँ शीर्ष नेतृत्व टोलीसँग भेटवार्ता गर्ने कार्यसूची छ ।

तीन दिने भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्य युआन च्या च्युन काठमाडौं आउनु भएको छ । युआन भोलि ओलीसँग भेटवार्ता गरेपछि फर्कने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here