प्रतिनिधि सभाबाट मिटरव्याजसम्बन्धी विधेयक पारित, प्रमाणीकरणपछि कार्यान्वयनमा आउने


१ श्रावण २०८०, सोमबार ०९:२२ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाबाट मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० बहुमतले पारित भएको छ। 

कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसद्मा पेश गरेको विधेयक बहुमतले पारित भएको हो। 

सरकारले मिटरब्याज समस्या समाधान गर्नका लागि  वैशाख २० गते मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको थियो। मन्त्रिपरिषद् बैठकले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले सो अध्यादेश जारी गरेका थिए।

मिटरब्याजीलाई कानुनको दायरामा ल्याउने गरी ल्याइएको विधेयक २४ वैशाखमा संघीय संसदका दुवै सदनमा पेश भएको थियो। सो विधेयक ५ जेठमा स्वीकृत भएको थियो।

६० दिन (२० असार) भित्र विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले ५ असारमा राष्ट्रिय सभामा पेश गरेको थियो । राष्ट्रिय सभाले १५ असारमा विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here