परिवार नियोजन संघको सभापतिमा भट्टराई निर्वाचित


३१ असार २०८०, आईतवार ०७:५४ मा प्रकाशित

झापा । नेपाल परिवार नियोजन संघ झापाका सभापति लोकनाथ भट्टराई बुइँपाली दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनु भएको छ ।

संघको चन्द्रगढीस्थित कार्यकालमा सभापति पदका लागि शनिवार चुनाव भएको थियो । सभापति पदमा गणेश पोखरेल र बुइँपालीबीच प्रतिष्पर्धा भएको थियो । 

निर्वाचन समितिका अधिकृत सुरज खत्रीका अनुसार बुइँपाली ३१२ र पोखरेलले २१९ मत प्राप्त गर्नु भएको छ ।

संघको झापा शाखामा ७५३ मतदाता थिए । जसमध्ये ५३३ मत खसेकोमा दुई मत बदर भएको थियो । 

राजनीतिक दलहरुले समेत सक्रिय चासो देखाएको संघको चुनावमा सभापति पदका दुबै उम्मेद्वार नेकपा एमालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here