बिर्तामोडका वडासचिवहरूले भने, ‘हामी कोही पनि वडा नं ५ मा काम गर्न सक्दैनौं’


३० असार २०८०, शनिबार ०७:४२ मा प्रकाशित

झापा । झापाको बिर्तामोड नगरपालिकाका १० वटै वडाका वडा सचिवहरुले वडा नं. ५ मा हाजिर भइ काम गर्न नसक्ने अडान लिएका छन् । शुक्रबार निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउदै वडा सचिवहरुले वडा नं. ५ मा कामकाज गर्न जान नसक्ने जानकारी गराएका हुन् ।

सबै वडाका वडा सचिवहरु नगरपालिकामा भेला भइ ध्यानकर्षण पत्र बुझाएका छन् । वडा नं. ५ बाहेक अन्य जुनसुकै वडामा पुगेर काम गर्न तयार भए पनि आत्मसम्मानमा ठेस पुग्ने काम हुने ठाउँ नजाने उनीहरुको अडान छ ।

वडा सचिवहरुले भने, ‘मानीवय त्रुटिमा पनि बद्नाम हुने ठाउँ जान सकिदैन । त्यहाँ हामी बाहेकलाई खटाइयोस् ।’ वडा सचिव विमल पोखरेलले समयको पालना नगरेको भन्दै वडाअध्यक्ष रोहित प्रसाई नगर परिसरमा धर्नामा बसेका थिए । उनले धर्नास्थलबाटै सेवासमेत दिएका थिए ।

सोही समस्याको समाधानका लागि हिजो बसेको कार्यपालिका बैठकले वडा सचिवलाई कारबाही गर्ने भनिएको निर्णयप्रति उनीहरु आपत्ति जनाएका छन् ।

वडा सचिवलाई फिल्डको समेत महत्वपूर्ण जिम्मेवारी हुने हुँदा विधुतीय हाजिरीलाई आधार मानेर कारबाही गर्न नहुने उनीहरुको तर्क छ । वडा सचिवहरुले सबै कर्मचारीहरको हाजिरी जाँच गरेर कारबाही गर्न चुनौति समेत दिएका थिए । यता, वडा सचिव पोखरेलले गल्ती स्वीकार गरेर सोही वडामा काम गर्न जाने भन्दाभन्दैे वडाअध्यक्षले नमानेपछि वडासचिवहरुले अन्य कर्मचारीबाट सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।

कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई वडा सचिव व्यवस्थापन गर्ने जिम्मेवारी दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here