सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकोप्टर सोलखुम्बुको लामजुरामा दुर्घटना


२६ असार २०८०, मंगलवार १२:१४ मा प्रकाशित

काठमाडौँ । सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि आज विहान उडेको मनाङ एयरको सम्पर्कविहीन भएको हेलिकोप्टर सोलखुम्बुको लामजुरामा दुर्घटना भएको सोलखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले पुष्टि गर्नुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

घटनास्थलतर्फ नेपाली प्रहरीको टोली गएको छ । दुर्घटनाको बारेमा थप जानकारी आउँन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here