झापा । मेचीनगर नगरपालिका-१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताउनुभयो ।
पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उहाँले जानकारी दिनुभयो । सिलगुढी निवासी साह एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आउनुभएको थियो ।
आज बिहान नै झापाको बुद्धशान्ति ५ मा ३८ बर्षिया कमला धिमाललाई हात्ती आक्रमण गरि गम्भीर घाइते बनाएको छ । उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।