देशैभरका अदालतमा सुनुवाइ ठप्प


१७ असार २०८०, आईतवार १२:३७ मा प्रकाशित

काठमाडौँ, । सहकर्मी कुटिएको विरोधमा देशैभरका अदालतका कर्मचारीले पेन डाउन गरेपछि सर्वोच्च अदालत लगायत देशैभरका अदालतमा सुनुवाइ प्रभावित भएको छ ।

बुधबार ललितपुर जिल्ला अदालतका नायब सुब्बा प्रेमिका तामाङमाथि एक कानुन व्यवसायीले कुटपिट गरेपछि आइतबार देशैभरका अदालत प्रभावित भएको हो ।

कर्मचारी कुटिएको विरोधमा अदालतसँग सम्बन्धित विभिन्न कर्मचारी सङ्घ सङ्गठनले शुक्रबार नै विज्ञप्ति जारी गर्दै आइतबार बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म देशैभरका अदालतमा पेन डाउन गर्ने जनाएका थिए ।

पूर्व निर्धारित कार्यक्रम अनुसार आइतबार कर्मचारीहरूले पेन डाउन गरेका हुन् । पेन डाउनका कारण देशैभरका अदालतमा सुनुवाइ प्रभावित भएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here