गत असार २ गते आएको अविरल वर्षा र वाढीका कारण पाँचथरमा २ करोड ५० लाख वढिको कृषि वालीमा क्षति


१७ असार २०८०, आईतवार १२:३५ मा प्रकाशित

जितेन्द्र भण्डारी, पाँचथर । गत असार २ गते आएको अविरल वर्षा र वाढीका कारण पाँचथरमा २ करोड ५० लाख वढिको कृषि वालीमा क्षति भएको छ ।

जिल्लाको फिदिम नगरपालिका, याङवरक, हिलिहाङ र फालेलुङ गाउँपालिकामा कृषकले लगाएको धान, मकै, आलु, उखु, किवी, अम्लिसो, लोकता, अलैँची लगायतका कृषि बालीमा २ करोड ५८ लाख ३४ हजार ३ सय रुपैयाको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको कृषि ज्ञान पाँचथरका प्रमुख शालिकराम भट्टराईले जानकारी दिनुभयो ।

कार्यालयले लिएको प्रारम्भिक क्षतिको विवरण अनुसार जसअन्र्तगत फिदिम नगरपालिकाको वडा न. ४, ५, १० र ११ न. वडाका ६२ घरधुरीका कृषकले ३ सय ६० रोपनी क्षेत्रफलमा लगाएको धान, मकै, ग्यामरा उखु बालीमा क्षति हुँदा २६ लाख ११ हजार ४ सय ४२ रुपैयाको क्षति भएको हो ।

यस्तै याङवरक गाउँपालिकाको वडा न. १ र २ मा ११ सय रोपनी खेतमा बाढी र पहिरोले क्षति पुरयाउँदा कृषकले लगाएको अलैँची र धान बालीमा गरी १ करोड ४८ लाख २९ हजार ९ सय रुपैयाको क्षति भएको हो ।

त्यस्तै हिलिहाङ गाउँपालिका वडा न.६ र ७ मा ७ सय रोपनी क्षेत्रफलमा कृषकले लगाएको धान र मकै बालीमा क्षति हुँदा ३० लाख ५९ हजार ८ सय ८० रुपैयाको क्षति भएको हो ।

यसैगरी फालेलुङ गाउँपालिका वडा न. ३,४,५ र ७ न वडामा कृषकले लगाएको धान,मकै,किवी,अम्रिसो,लोकता,अलैँची,आलु बालीमा क्षति हुँदा ५१ लाख ५३ हजार ७८ रुपैया क्षति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here