नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध


१७ असार २०८०, आईतवार ०७:३७ मा प्रकाशित

चितवन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरामा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here