नागरिकता बिधेयकलाई लिएर राजनीतिकरण नगर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह


४ असार २०८०, सोमबार १६:१८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता बिधेयकलाई लिएर राजनीतिकरण नगर्न आग्रह गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा बिभिन्न मन्त्रालयमाथि बिनियोजित बजेटमाथिको छलफलका क्रममा लिङ्देनले एमाले, राप्रपालगायतका प्रतिपक्षी दललाई नागरिकता बिरोधी देखाएर सत्तापक्षले भोट बैंकको रुपमा प्रयोग गर्न खोजेको भन्दै नागरिकता बिधेयकलाई लिएर राजनीतिकरण नगर्न आग्रह गर्नुभएको हो ।

नागरिकता बिधेयकको प्रक्रियाका बिषयमा मात्रै आफूहरुको सहमति भएको भन्दै उहाँले नागरिकताबिहीनलाई नागरिकता दिनुपर्नेमा कुनै समस्या नरहेको जिकिर गर्नुभयो । लिङ्देनले भारतलाई खुसी पार्नका लागि जानाजान नागरिकता विधेयक अघि बढाएको र अहिले अदालतबाट रोक्ने काम भएको उल्लेख गर्नुभयो ।

उहाँले नागरिकता बिधेयक सदनमा ल्याएर फास्ट ट्र्याकबाट अघि बढाउन तयार रहेको बताउनुभयो ।

उहाँले मुलुकको परराष्ट्रनीति सत्ता केन्द्रित भएको आरोप पनि लगाउनुभयो । मुलुकको भूमि भारतले आफ्नो नक्सामा पार्दा पनि बोल्न नसक्ने र खुसी पार्न जे पनि गर्ने अवस्थाले मुलुकको परराष्ट्र नीति मजबुद हुन नसक्ने उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here