उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन


४ असार २०८०, सोमबार १६:१४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन निर्देशन दिनुभएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन संखुवासभाको तुम्लिङटार पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिनुभएको हो । आइतबार परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए ।

प्रधानमन्त्री प्रचण्डले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार बिहिनलाई तत्काल स्थानान्तरण र आवासको लागि व्यवस्था मिलाउन आवश्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने पनि बताउनुभयो ।

सो क्रममा प्रधानामन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्दारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राख्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डसंगै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला लगाएत बाढीपहिरो प्रभावित क्षेत्रका अवस्थाका बारेमा जानकारी लिन त्यसतर्फ जानुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here