प्रस्तावित प्रधानन्यायाधीशसँग संसदीय समिति सदस्यहरूले आज सवाल जवाफ गर्ने


१ असार २०८०, शुक्रबार ०७:०४ मा प्रकाशित

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको आजको बैठकमा पनि बोलाइएको छ ।

बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्य योजना पेस गरेका थिए ।

आज बिहान ८ बजे बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीशसँग समिति सदस्यहरूले सवाल जवाफ गर्नेछन् ।

कार्कीमाथि परेका उजुरी र उनले पेस गरेका कार्य योजनाबारे सवाल जवाफपछि कार्कीको नाम अनुमोदन गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here