प्रतिनिधि सभाको बैठकमा आजबाट मन्त्रालयगत बजेटमा छलफल


३२ जेष्ठ २०८०, बिहीबार ०७:१९ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ।

आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरू हुने संसद सचिवालयले जनाएको छ।

आज वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयको बजेटबारे छलफल गरिने कार्यसूची छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here