बिर्तामोड नगर अस्पतालमा बन्ने भयो अर्को अत्याधुनिक भवन


२६ जेष्ठ २०८०, शुक्रबार ०६:४८ मा प्रकाशित

झापा । झापाको बिर्तामोड नगरअस्पतालका लागि नयाँ भवन निर्माण हुने भएको छ । नयाँ बन्ने भवनको बिहीबार एक कार्यक्रमकाबीच नगर प्रमख पवित्रा महतारा प्रसाईले शिलान्यास गर्नु भयो । अहिले सञ्चालनमा रहेको नगर अस्पतालकै छेउमा निर्माण हुन लागेको ३ तले भवन सुविधा सम्पन्न हुने जनाइएको छ ।

भवन निर्माणको जिम्मा विभाष इन्टरनेश्नल कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. काठमाण्डौले पाएको छ । विभाषले १५ करोड ३४ हजार ३ सय ३६ रुपैँयामा ठेक्का पारेको हो । गत बैशाख ८ गते नै सम्झौता गरेर प्रक्रिया अघि बढाएको ठेकेदार कम्पनीले २०८१ फागुन २६ गते काम सम्पन्न गर्नु पर्ने छ । भवन निर्माण सम्पन्न भएपछि बिर्तामोड नगर अस्पताल १५ शैयाबाट २५ शैयाको हुने छ ।

भवनमा निर्माणसंगै नगरअस्पतालको कम्पाउण्ड भित्र वेस्टम्यानेजमेण्ट विल्डिङ, पोष्टमार्टमा व्लक, क्यान्टिन ब्लक, एटीएम हाउस, गार्ड आउस र फार्मेसी व्लक र वरिपरि घेराबारा र भुइमा पेवर्स लगाइने छ ।

नयाँ अत्याधुनिक भवन भित्र आकस्मिक कक्ष, उपचार कक्ष, प्रतिक्षालय, सोधपुछ कक्ष, मेडीकल उपकरण भण्डारण कक्ष, घरेलु यौन तथा हिंसाबाट पीडितहरु राखेर उपचार गरिने ओसीएमसी वार्ड, आर्थीक तथा प्रशासनिक कक्ष, क्याविन, डेडिभरी कक्ष, व्लड बैंक, मल्टिपर्पोज हल लगायतका सुविधा रहने नगरपालिकाका इन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।

शिलान्यस कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईलेनगर अस्पतालबाट दिने सेवालाई स्तरोन्नती गर्नका लागि नयाँ भवनको शिलान्यास गरिएको बताउनु भयो । भवन समयमै सम्पन्न गरेरसरल, सहज र गुणस्तीय सेवा प्रदान गरिने उहाँले बताउनु भयो । उहाँले प्रयाप्त बजेटको अभावमा सोचेजति काम गर्न नसकेपनि आगामी दिनमा यसलाई अझै व्यवस्थित गर्दै लैजाने प्रतिवद्वता व्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here