सरकारले गरेको निणर्यलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नु स्वाभाविकः प्रधानमन्त्री प्रचण्ड


२४ जेष्ठ २०८०, बुधबार १७:३१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको निणर्यलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नु स्वाभाविक भएको बताउनुभएको छ ।

बुधबार राष्ट्रिय सभाको बैठकमा भारत भ्रमण लगाएतका बिषयमा जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यसअघि दुईपटक पठाइएको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नगरेर संविधान उल्लंघन गर्ने काम भएकाले संकट उत्पन्न भएको भन्दै अहिलेको सरकारको अनुरोधमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु स्वाभाविक भएको बताउनुभएको हो ।

उहाँले राष्ट्रपतिले प्रक्रिया पुर्‍याएर पठाएको विधेयक प्रमाणीकरण नगरे विधेयकको अवस्था के हुन्छ भन्ने संविधानबाट स्पष्ट हुन नसक्दा समस्या भएको बताउनुभयो । विधेयक उत्पति भएको ठाउँ खोज्दै जाँदा सरकार नै हो भन्ने निष्कर्षमा पुगेर राष्ट्रपतिलाई जानकारी गराएको र विधेयक प्रमाणीकरण भएको उहाँले बताउनुभयो । उहाले यस बिषयमा अदालतमा मुद्धा परिसकेको अवस्थामा अदालतले दिने आदेश स्वीकार्य हुने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सीमा नाकामा देखिएको समस्या दुईदेशीमिलेर समाधान गर्ने बिषयमा सकारात्मक वातावरण बनेको जिकिर गर्नुभयो । उहाँले भूमि सट्टा पट्टाका बारेमा कुनै कुरा नराखेको र यस बिषयमा आवश्यक परे प्रमाण देखाउन पनि तयार रहेको बताउनुभयो । मुलुकको हितको पक्षमा भारत भ्रमणका क्रममा विवेकले भ्यायसम्म प्रयास गरेको र आफू सम्मानित भएको महशुस भएको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here