मिस्टर एण्ड मिस पूर्वको उपाधि सुप्रिया र मोहनलाई


२२ असार २०७६, आईतवार ११:३८ मा प्रकाशित

झापा । मिस्टर एण्ड मिस पूर्वको उपाधि मिस सुप्रिया खनाल र मिस्टर मोहन गुरागाईले जितेका छन् ।

मिस्टर एण्ड मिस पूर्वमा झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा लगायतका विभिन्न ठाउँहरूबाट १७ जना प्रतिशपर्धीले सहभागिता जनाएका थिए । मिस्टर एण्ड मिस पूर्व २०१९ को उपाधि इटहरीको मिस सुप्रिया खनाल र मिस्टर मोहन गुरागाईले जितेका हुन् । त्यस्तै फस्ट रनरअप बिर्तामोडको दिवस बिश्वकर्मा बनेका छन् भने सेकेन्ड रनरअप मोरङको सरिता खप्तरी बनेकी छिन् ।

बिजेताले नेशनल लेभलको ब्युटी ब्याजेन्ट मोडल हन्ट नेपाल र मिस्टर एण्ड मिस टिन नेपालमा सहभागी हुने अवसर प्राप्त गरेका छन् । त्यस्तै म्युजिक भिडियो खेल्ने र अन्य सुविधाहरु प्राप्त गरेका छन् । फस्ट रनरअप र सेकेन्ड रनरअप ले म्युजिक भिडियो, इन्डिया टुर्स मोडलिङ कन्ट्रयाक्ट प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here