जलहरी प्रकरणमा एमालेप्रति भ्रम छर्न खोजियोः ओली


१७ जेष्ठ २०८०, बुधबार २०:२४ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिको जलहरी प्रकरणमा एमालेप्रति भ्रम छर्न खोजिएको बताउनुभएको छ ।

बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले पशुपतिको जलहरी प्रकरणमा सत्यकुरालाई छोप्न असत्यको भ्रम छर्न खोजिएको बताउनुभएको हो ।

अहिले बोक्न नसक्ने गरि आफ्नो सुन लगाएको फोटो बनाएर आफुमाथि भ्रम सिर्जना गरिएको उहाले बताउनुभयो ।

ओलीले आफुले सानो हुँदा ३-४ दिन मात्रै सुन लगाएको र त्यसपछि सुन नै नलगाएको जिकिर गर्नुभयो ।

सभ्यताको सुरु भएको यस धर्तिमा जे बोलेपनि हुने प्रवृति मौलाउदै गएको उहाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here