राष्ट्रपति पौडेलद्धारा नागरिकता विधेयक प्रमाणीकरण


१७ जेष्ठ २०८०, बुधबार १२:३८ मा प्रकाशित

काठमाडौं, । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिक विधेयक प्रमाणीकरण गर्नु भएको छ ।

राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको जानकारी दिनु भयो । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्नु भएको थियो ।

जेठ १२ गते बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसमक्ष आग्रह गर्ने निर्णय गरेको थियो।

आजै दिउँसो १ः२५ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार लिने भ्रमणका लागि भारत प्रस्थान गर्दैहुनुन्छ ।

त्यसअघि भएको प्रमाणीकरणलाई चासोका साथ हेरिएको छ ।

नागरिकता विधेयकलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदै आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here